१० ठूला समस्याग्रस्त सहकारीका ऋणीको नाम सार्वजनिक, को को परे ?
समितिले अन्य ऋणीहरुको नामावली क्रमशः प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथासिग्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ ।
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयले समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाममा सार्वजनिक गर्न सुरु गरेको छ । पहिलो चरणमा समितिले समस्याग्रस्त घोषित १० सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो ।
घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीको नाम सार्वजनिक गरेको छ । समितिले सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानून बमोजिम असुली गरिने समितिको दावी ।
समितिले अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम पनि क्रमशः सार्वजनिक गर्ने जनाएको छ । साथै समितिले अन्य ऋणीहरुको नामावली क्रमशः प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथासिग्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ ।