विद्युत प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु कुमार श्रेष्ठलाई
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले अर्को व्यवस्था नभएसम्मका लागि उपकार्यकारी निर्देशक दिर्घायुलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् ।
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायु कुमार श्रेष्ठलाई प्रदान गरेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले अर्को व्यवस्था नभएसम्मका लागि उपकार्यकारी निर्देशक दिर्घायुलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् ।
दिर्घायु हाल प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयको प्रमुखका रुपमा कार्यरत छन् । उनी प्राधिकरणका उपकार्यकारी निर्देशकमध्ये वरिष्ठ हुन् ।
यसअघिका राजनीतिक नियुक्ति बदर गर्ने अध्यादेश ल्याएसँगै हितेन्द्रदेव शाक्य पनि बर्खास्तीमा परेका छन् । उनको रिक्त पदमा श्रेष्ठलाई प्राधिकरणको जिम्मेवारी दिइएको हो ।