दीपक भट्ट र सुलभ अग्रवाल अझै १२ दिन हिरासतमा रहने, विशेष अदालतको अनुमति
सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा भट्टलाई चैत १९ गते र अग्रवाललाई चैत २२ गते काठमाडौंबाट पक्राउ गरेर हिरासतमा राख्दै आएको छ ।
काठमाडौं । विवादित व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल कम्तिमा अझै १२ दिन हिरासत बस्नुपर्ने भएको छ । बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले भट्ट र अग्रवाललार्ई थप अनुसन्धान गर्न हिरासतमा राख्ने अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा भट्ट र अग्रवालमाथी अनुसन्धान भईरहेको छ । सुलभ शंकर ग्रुपका सञ्चालक हुन् । उनको हकमा छैटौंपटक म्याद थप भएको हो भने व्यवसायी भट्टको हकमा पाँचौँपटक म्याद थप भएको हो ।
सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा भट्टलाई चैत १९ गते र अग्रवाललाई चैत २२ गते काठमाडौंबाट पक्राउ गरेर हिरासतमा राख्दै आएको छ ।