शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो ।


 काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो । गोल्छालाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सीमा गोल्छाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले उनलाई धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरेको हो ।

गोल्छाविरुद्ध बीमा ऐन, २०७९ सम्बन्धी कसुरमा पनि अनुसन्धान भइरहेको छ । यो मुद्दामा प्रहरीले पक्राउ पुर्जी जारी गर्ने अनुमति लिइसकेको भए पनि हालसम्म उनलाई सोही मुद्दामा हिरासतमा राख्ने अनुमति (म्याद थप) लिइसकेको नदेखिएको अदालतको आदेशमा उल्लेख छ ।

उनी गत ११ वैशाखमा पक्राउ परेका थिए । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै उनलाई नेपाल प्रहरकिो केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको थियो ।