नेप्से ३४.६३ अंक घटेर २७०४.०८ विन्दुमा, कारोबार रकम ४ अर्ब २६ करोडमा खुम्चियो

आज ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको हो ।

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सेन्ज (नेप्से) ३४.६३ अंक घटेर २७०४.०८ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको हो । गत बिहीबार भने ४ अर्ब ९१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । 

आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, झापा इनर्जीको सेयरमूल्य ८ प्रतिशत बढेको छ भने अन्य कम्पनीहरुको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक १२.५८ प्रतिशत घटेको छ ।

आज नेपाल इन्फ्रास्टरक्चर डेभलपमेन्टको सबैभन्दा धेरै ३१ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ९९ लाख र नेसनल हाइड्रोपावरको १५ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज बजारमा २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको स्थिर छ ।