अतिक्रमित संरचना हटाउने क्रम जारी, प्रभावित परिवार होल्डिङ सेन्टरमा
यसै क्रममा धोबीखोला नदी कोरिडोरअन्तर्गत अनामनगर-देवीनगर क्षेत्रमा अव्यवस्थित तथा अतिक्रमित संरचना हटाइएको छ ।
काठमाडौं । सरकारले आज पनि सुकुम्बासी बस्ती र अतिक्रमित जग्गामा बनेका संरचना खाली गर्ने अभियान जारी राखेको छ । सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा काठमाडौंका विभिन्न स्थानमा जग्गा अतिक्रमण गरी अवैध रुपमा निर्माण गरिएको संरचना हटाउने क्रम जारी रहेको हो ।
यसै क्रममा धोबीखोला नदी कोरिडोरअन्तर्गत अनामनगर-देवीनगर क्षेत्रमा अव्यवस्थित तथा अतिक्रमित संरचना हटाइएको छ । त्यस्तै विष्णुमति नदी किनारस्थित कामपा-१६ बालाजु-माछापोखरी र तिलगङ्गा क्षेत्रका अतिक्रमित संरचना खाली गर्नेक्रम चलिरहेको छ ।
कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा हटाउने कार्य भइरहेको काठमाडौं महानगरले जनाएको छ । अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई कीर्तिपुर, बालाजु, भक्तपुरलगायत क्षेत्रमा रहेका ‘होल्डिङ सेन्टर’मा राखिएको छ ।