सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ ।

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । 

 अघिल्लो दिन छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।