तुइन खोलामा पहिरो खस्यो : यातायात एकतर्फी संचालन
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार माथिबाट ढुंगाहरू झर्दा सडक एकतर्फी संचालनमा रहेको छ ।
चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै पहिरो जादा एकतर्फी भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार माथिबाट ढुंगाहरू झर्दा सडक एकतर्फी संचालनमा रहेको छ । सडक दुवैतर्फ संचालनमा ल्याउन डोजर परिचालन भैसकेको कार्यालयले जनाएको छ ।