रोल्पा जिप दुर्घटनाबारे सरकारले भन्यो- सिंगो देश शोकमग्न
प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।
काठमाडौं । सरकारले रोल्पाको थवाङ गाउँपालिका-१, सल्यापमा २० जनाको ज्यान जाने गरी भएको जिप दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको बताएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवरप्रवक्ता हेमराज अर्यालले आज विज्ञप्ति जारी गर्दै २० जनाको ज्यान जानेगरी भएको दुर्घटनाले सिंगो शोकमग्न बनाएको जनाएका छन् ।
घटनापछि तत्कालै सरकारको तर्फबाट गृह मन्त्रालयमार्फत् लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङका प्रहरी उपरीक्षकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन् । छानबिन समितिलाई दिइएको ३ दिनको समयावधि आज समाप्त हुँदै छ । प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो । सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको संवेदनशील विषय भएकाले प्राविधिक तथा मानवीय कमजोरी सुधार्न सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता विज्ञप्तिमा छ ।