काठमाडौंमा सुकुम्वासी बस्ती हटाउने दोस्रो चरणको अभियान: टेकु र बल्खुमा चल्यो डोजर
यसअन्तर्गत आज बिहान टेकु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चल्न चलाइएको हो । बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुम्वासी बस्ती खाली गराउने सरकारको अभियानअन्तर्गत दोस्रो चरणमा आज शुक्रबार विभिन्न क्षेत्रमा डोजर चलाइँदै छ । यसअन्तर्गत आज बिहान टेकु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चल्न चलाइएको हो । बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । बस्ती भत्काउनका लागि ठुला डोजर (जेसीबी) तैनाथ गरिएको छ । सो क्षेत्रका आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन सुरक्षकर्मीले सहयोग गरिरहेका छन् ।आजदेखि टेकुको वंशिघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।
पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ ।