आयल निगमद्वारा इन्धनको मूल्य समायोजन: पेट्रोल र डिजेल सस्तियो, खाना पकाउने ग्यास र हवाई इन्धन महँगियो
निगमका अनुसार पेट्रोलमा २ रुपियाँ घटेको छ । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपियाँले मूल्य घटाइएको छ ।
काठमाडौं । नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य समायोजन गरेको छ । निगमका अनुसार पेट्रोलमा २ रुपियाँ घटेको छ । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपियाँले मूल्य घटाइएको छ । खाना पकाउने ग्यासको मूल्य १५० रुपियाँले बृद्धि भएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर अब २ हजार १६० रुपियाँ पुगेको छ ।
हवाइ इन्धनको मूल्य बढाइएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपियाँले बढाइएको छ । मूल्य घटेसँगै काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपियाँ कायम भएको छ ।
नयाँ मूल्यसूची आजै राति १२ बजेदेखि लागू भइसकेको छ ।