सरकारविरुद्ध सुकुम्बासी संघ आक्रोशित, देशव्यापी आन्दोलन घोषणा

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघले राज्यले आतंक फैलाएको आरोप लगाउँदै बिना विकल्प उठिबास लगाउने कार्यविरुद्ध निर्णायक आन्दोलनको घोषणा गरेको हो ।


काठमाडौं । काठमाडौंका नदी किनारका सुकुम्बासी बस्तीहरूमा सरकारले डोजर चलाएपछि अखिल नेपाल सुकुम्बासी संघ आक्रोशित बनेको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघले राज्यले आतंक फैलाएको आरोप लगाउँदै बिना विकल्प उठिबास लगाउने कार्यविरुद्ध निर्णायक आन्दोलनको घोषणा गरेको हो ।

पहिलो चरणमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई गरेका वाचा स्मरण गर्न र जबर्जस्ती उठिवास रोक्नका लागि सरोकारवाला सबैलाई आग्रह गरिने संघले जनाएको छ ।

त्यस्तै आन्दोलनको दोश्रो चरणमा मेची-महाकाली राजमार्ग चक्काजाम गर्ने, जनताको हितमा काम नगर्ने प्रधानमन्त्रीलाई फिर्ता बोलाउन देशव्यापी हस्ताक्षर संकलन अभियान सुरु गर्ने संघले जानकारी दिएको छ ।

सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघका अध्यक्ष अमर परियारले जानकारी दिए । संघले प्रधानमन्त्री वालेन्द्र शाहलाई पदबाट हटाउनेसम्मका माग राखेका छन् ।