व्यवसायी शेखर गोल्छामाथि अनुसन्धानका लागि ३ दिन म्याद थप

अदालतले बिहीबार गोल्छालाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छाविरूद्ध अनुसन्धान गर्न थप ३ दिनको म्याद दिएको छ ।

अदालतले बिहीबार गोल्छालाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको हो । व्यवसायी गोल्छा वैशाख १० गते पक्राउ परेका थिए । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवदेनको आधारमा सीआईबीले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई पक्राउ गरेसँगै अदालतबाट पहिलो पटक ४ दिनका लागि म्याद पाएको थियो । त्यसपछि गत सोमबारलाई पुन: गोल्छामाथि अनुसन्धानका लागि थप ३ दिनको अनुमति अदालतले दिएको थियो । हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छासमेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा १ र दफा ९८ बमोजिम कसुरमा उक्त ऐनको दफा १०३ को उपदफा ३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ ब्यूरोमा प्राप्त भएपछि वैशाख १० गते काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएपछि गोल्छालाई पक्राउ थियो ।