त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।
शिक्षाध्यक्ष खड्ग केसी र रजिष्ट्रार केदार प्रसाद रिजालले पनि राजीनामा दिएका हुन् । उनीहरूले नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन् । सरकारले विश्वविद्यालयका पदाधिकारीलगायत राजनीतिक नियुक्ति पाएका अधिकारीहरूलाई हटाउने गरी अध्यादेश सिफारिस गरेको सन्दर्भमा पदमा बसिरहन उचित नलागेकाले राजीनामा दिएका हुन् ।राजीनामा दिनेहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको पालामा नियुक्त भएका थिए । उपकुलपति अर्याल ओलीको पालामा र केसी र रिजाल प्रचण्डको पालनामा नियुक्त भएका हुन् ।
त्रिविका पदाधिकारीको कार्यकाल चार वर्षको हुन्छ। कार्यकाल बाँकी छँदै उनीहरूले राजीनामा दिएका हुन्।