सुन तोलामा १ हजार ८ सय रुपैयाँले घट्यो, चाँदीमा १०५ को गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १०५ रुपैयाँ घटेसँगै ४ हजार ८१० रुपैयाँमा झरेको छ । अघिल्लो दिन ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।