सुकुम्बासीको विवरण मागेको विषयमा सेनाको स्पष्टीकरण: 'जोखिम नक्सांकनका लागि मात्रै'

सेनाले सुकुम्वासीहरूको विवरण संकलन गर्ने कार्य सम्भावित जोखिम नक्सांकन गर्नको लागि भएको स्पष्ट पारेको हो ।

काठमाडौं ।  नेपाली सेनाले सुकुमबासीको विवरण माग गरेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सेनाले सुकुम्वासीहरूको विवरण संकलन गर्ने कार्य सम्भावित जोखिम नक्सांकन गर्नको लागि भएको स्पष्ट पारेको हो । बुधबार विज्ञप्ति जारी गर्दै सेनाले यस्तो दाबी गरेको हो । काठमाडौंसहित देशका विभिन्न शहरका सुकुम्बासी बस्ती खाली गर्ने अभियान सरकारले चलाइरहेका बेला सेनाले पालिकाहरूसँग सुकुम्बासीको विवरण मागेपछि आलोचना र विरोध भएको थियो । 

सेनाले संविधानभन्दा बाहिर आएर गतिविधि गरेको भन्दै विरोध हुन थालेको थियो । विरोधको स्वर चर्को हुन थालेपछि सेनाले विपदको पूर्वतयारीस्वरुप विवरण माग गरिएको जिकिर गरेको हो । 

यद्यपि पालिकाहरूलाई सेनाले लेखेको यसअघिको पत्रमा विपद तथा उद्धारको विषय उल्लेखित थिएन ।