सेयर बजार २५.८१ अंक घटेर २७४४.४५ विन्दुमा, ४ अर्ब ९८ करोडको कारोबार
बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा सीमित भएको हो ।
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा सीमित भएको हो ।
बुधबार नेप्सेमा कुल ४ अर्ब ९८ करोड माथिको कारोबार भएको छ । मंगलबार भने नेप्सेमा कुल ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै पाल्पा सिमेन्टको २० करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १३ ८१ प्रतिशतका दरले कमाएका हुन् । नेपाल लाइफ समृद्धि योजनाका इकाईधनीले ३.८७ प्रतिशतका दरले कमाएका छन् ।
आज केविएल डिवेञ्चर २०९० को मूल्य सर्वाधिक ११।४६ प्रतिशतले घटेको छ भने शिखर पावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशतले घटेको हो ।
बुधबार कारोबारमा आएकामध्ये ३० कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।