सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३ हजार र चाँदी १०० रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा एक सय रुपैयाँले कमी आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम रहेको थियो।
त्यसैगरी, आज चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन सोमबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ४५ रुपैयाँ थियो।