सशस्त्र प्रहरीकाे आइजीपीमा नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १९ वैशाखपछि आईजीपीको कमाण्ड सम्हाल्ने छन् ।
काठमाडौं । सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १९ वैशाखपछि आईजीपीको कमाण्ड सम्हाल्ने छन् ।
हालका आईजीपी राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदैछन् ।
उनी २०७९ वैशाख १८ गते आईजीपी नियुक्त भएका थिए ।