विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्का प्राप्त गर्ने प्रकरणमा थप २ जना पक्राउ
पक्राउ पर्नेमा ईन्को प्रालिको ;]यरधनी तथा लेखापाल स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगाना रहेका छन् ।
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईन्को प्रालिको सेयरधनी तथा लेखापाल स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगाना रहेका छन् । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । यसअघि वैशाख ११ गते कालिका कन्ट्रक्सन प्रालिका सञ्चालक बिक्रम पाण्डे र भिषण कन्ट्रक्सन प्रालिका सञ्चालक टंक कुमार श्रेष्ठ पक्राउ परेका थिए ।
प्रहरीका अनुसार हालसम्म इ(गभर्मेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनाधिकृत पहुँच पुर्याइ ठेक्काको विवरण हेरफेर गरेको आरोपमा १३ जना पक्राउ परेका छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।