मनोहरा सुकुम्बासी बस्तीमा घरटहरा भत्काउन सुरु

आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका १ हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको हो ।

काठमाडौं । भक्तपुरको मनोहराखोला किनारस्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ । आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका १ हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको हो ।  

यस बस्तीमा बस्तीमा ७७७ घरटहरा छन् ।

 हिजो भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षकर्मी समेत घाइते भएका थिए । त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुनस् मनोहरा क्षेत्रमा पुगेको छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षकर्मी खटाइएको छ ।