थापाथली सुकुमवासी बस्तीमा चल्यो डोजर

बिहानैदेखि बाक्लो संख्या प्रहरी परिचालन गरेर बिहान साढे ८ बजेदेखि डोजर चलाइएको हो ।

काठमाडौँ । थापाथलीमा रहेको सुकुमवासी बस्ती स्काभेटरले हटाउन सुरु गरेको छ । बिहानैदेखि बाक्लो संख्या प्रहरी परिचालन गरेर बिहान साढे ८ बजेदेखि डोजर चलाइएको हो । अधिकांश सुकुमबासीहरुले शुक्रबार नै बस्ती छाडे पनि केहीले भने आज बिहान मात्र समान निकालेका थिए । यद्यपि बस्तीमा डोजर चल्दा कुनै अवरोध भने भएको थिएन । बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्। सम्बन्धित निकायहरूले यसअघि नै पटक-पटक सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न निर्देशन दिँदै आएका थिए । नदी कोरिडोर निर्माण र बागमती सभ्यता संरक्षणको दीर्घकालीन योजना अनुसार उक्त क्षेत्रका संरचनाहरू भत्काउन लागिएको हो ।