सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेर ३ लाख ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेर ३ लाख ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी भने तोलामा ३० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १३० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।