सुन तोलाको १ हजार ३ सय रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

 काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेसँगै ५ हजार १९० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी ५ हजार २२५ रुपैयाँ थियो ।