सुन र चाँदीको भाउ उकालो लाग्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा पुनः वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। यससँगै सुनको नयाँ मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ पुगेको छ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा ९५ रुपैयाँले वृद्धि भई प्रतितोला ५ हजार २२५ रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।