कोइला अभाव भएको भन्दै हेटौँडा सिमेन्ट उद्योगले बन्द गर्‍यो उत्पादन, खरिदका लागि बोलपत्र आह्‍वान

करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोइला खरिदका बोलपत्र आह्वान गरिसकेको छ ।

काठमाडौं ।  हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।

करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोइला खरिदका बोलपत्र आह्वान गरिसकेको छ । करिब २ हप्ताभित्र कोइला आइपुग्ने हेटौंडा सिमेन्ट उद्योगका सहायक प्रवन्धक विकास श्रेष्ठले जानकारी दिए । कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेन्टको उत्पादनको समय निर्धारण हुने उनको भनाइ छ ।