बालेन क्याबिनेटः कुन मन्त्रिको सम्पत्ति कति?

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री शाहसँग करिब डेढ करोड रुपैयाँ बैंक ब्याले‍न्स रहेको छ । उनले आइतबार सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार उनको खातामा १ करोड ४६ लाख रुपैयाँ छ ।

उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाल भएको उल्लेख गरेका छन । उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् । सम्पत्तिको स्रोत यही नै रहेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेन शाहको श्रीमती सविनाको नाममा १९० तोला गरगहना रहेको पनि उल्लेख छ ।

गृहमन्त्री सुधन गुरुङको सेयर बजारमा पौने ३ करोड रूपैयाँ रहेको देखिएको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनले व्यवसाय र पैत्रिक सम्पत्तिबाट उक्त सेयरमा लगानी गरेको उल्लेख छ ।

गुरुङको सबैभन्दा बढी लगानी धितोपत्र बजारमा कारोबार हुने सेयरहरूमा भएको उनले पेश गरेको सम्पत्ति विवरणमा उल्लेख छ । व्यावसायिक र पैत्रिक सम्पत्ति स्रोत देखाउँदै उनले उल्लेख गरेको विवरण अनुसार धितोपत्र बजारमा कारोबार हुने सेयरहरूमा २ करोड ७४ लाख ५६ हजार २ सय रहेको उल्लेख छ ।

त्यसबाहेक जसमा होप होल्डिङ्स प्रालिमा उनको ३० हजार थान साधारण सेयर रहेको उल्लेख छ । उक्त सेयरको मूल्य ३० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण सेयर रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । जसको मूल्य ५७ लाख रहेको उल्लेख छ ।



प्रकाशन भएका दस्तावेजहरू

69dbbcc4a54c8_1776008388.pdf