केही महिनामै बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु हुन्छ : सभामुख अर्याल

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले राष्ट्रिय गौरवको रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना निकट भविष्यमै निर्माण सुरु हुने बताएका हुन् ।

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले केही महिनामै बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम सुरु हुने बताएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले राष्ट्रिय गौरवको रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना निकट भविष्यमै निर्माण सुरु हुने बताएका हुन् । यसअघि शिलान्यासको काम मात्रै भएको र निर्माण कार्य सुरु नभएको भन्दै उनले अब निर्माण कार्य सुरु गर्ने बताएका छन् ।

त्यस्तै, उनले शिक्षा स्वास्थ्य रोजगारीलगायत विकास निर्माणको हरेक क्षेत्रमा सुशासन र पारदर्शिताका साथ काम हुने बताएका छन् । धादिङलाई उच्च प्राथमिकतामा राखेर यस्ता क्षेत्रमा काम गर्ने उनले बताएका हुन् । 

सभामुख अर्यालले चैत २६ गते ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र बुढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियालाई आफ्नो कार्यकक्षमा बोलाएर आयोजना निर्माणको  विषयमा चासो राखेका थिए ।