२ सयले बढ्यो सुनको मूल्य, चाँदीमा १५ रुपैयाँको वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २ सयले बढेर तोलाको २ लाख ९७ हजार १ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २ सयले बढेर तोलाको २ लाख ९७ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ४ हजार ९७५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ९६० मा कारोबार भएको थियो ।