नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि।ले विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ ।
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि।ले विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ ।
प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका सबै शाखा कार्यालयहरु र लुम्बिनी प्रदेश अन्तर्गतका केही शाखा कार्यालयहरु गरी १६० जना अभिकर्ताहरुलाई तालिम दिइएको हो । महेन्द्रनगर शुक्लाफाँटा स्थित होटल ओपेरामा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले बीमा क्षेत्रकै चर्चित उपाधि एमडिआरटिको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।
कम्पनीका सहायक महाप्रवन्धक विवेक शर्माले पानसमा द्धिप प्रज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश प्रमुख नविन किशोर भट्टले सहभागिहरुलाई स्वागत गरेका थिए । .त्यस्तै एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरुलाई आफ्नो पेशामा उत्कृष्टता हासिल गर्नका लागि कम्पनीले विभिन्न योजनाहरु मार्फत प्रशिक्षण प्रदान गर्दै आइरहेको परिप्रेक्षमा मासिक योजना मन्थन २०८२ जारी गरिएको बताए ।