राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारी एमालेका सबै जिम्मेवारीबाट अलग
चैत २४ गतेबाट उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेको भन्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् ।
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएपछि लीला भण्डारी पार्टी जिम्मेवारीबाट अलग भएकी छन् । चैत २४ गतेबाट उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेको भन्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् ।
निष्पक्षता र तटस्थता कायम गर्नुपर्ने पद भएकाले आफूले पार्टीको जिम्मेवारी त्यागेको विज्ञप्तिमार्फत जानकारी गराएकी छन् ।