सन नेपाल लाइफको निमित्त सीईओको जिम्मेवारी फुयाँललाई

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले फूयाँललाई निमित्त सीईओको जिम्मेवारी दिएको हो ।

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फूयाँल नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले फूयाँललाई निमित्त सीईओको जिम्मेवारी दिएको हो ।

चैत १६ गते सोमबार कम्पनीका तत्कालीन सीईओ राजकुमार अर्याललाई प्रहरीले पक्राउ गरेको थियो । अर्यालले आईपीओ अन्तर्गत कर्मचारीका लागि छुट्याइएको शेयरमा घोटला गरेको आरोपमा सीईबीले उनलाई पक्राउ गरेको थियो । 

उनी पक्राउ परेसँगै कम्पनीको सीईओ पद रिक्त रहेको थियो । हाल कम्पनीको नायब कार्यकारी अधिकृत समेत रहेका फूयाँललाई अर्को निर्णय नभएसम्मका लागि निमित्तको भुमिकामा कम्पनी सञ्चालन गर्ने जिम्मेवारी दिइएको हो ।