टौरियन एमपीएसको आधिकारिक डिलरमा आरबीजी इन्टरनेशनल नियुक्त​​​

क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी रूपमा स्थापित कम्पनी टौरियन एमपीएस लिमिटेड (Taurian MPS) ले आरबीजी इन्टरनेशनल प्राइभेट लिमिटेड (RBG International)लाई नेपालका लागि आफ्नो आधिकारिक डिलरका रूपमा नियुक्त गरेको छ ।

क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी रूपमा स्थापित कम्पनी टौरियन एमपीएस लिमिटेड (Taurian MPS) ले आरबीजी इन्टरनेशनल प्राइभेट लिमिटेड (RBG International)लाई नेपालका लागि आफ्नो आधिकारिक डिलरका रूपमा नियुक्त गरेको छ । होटल बराही प्लाजा, काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा टौरियन एमपीएसका ग्लोबल सेल्स डाइरेक्टर आनन्द मोहन तथा अन्तर्राष्ट्रिय बिक्री उपाध्यक्ष तरसेम पथानियाको उपस्थितिमा उक्त घोषणा गरिएको हो ।​​

उक्त कार्यक्रममा आरबीजी इन्टरनेशनलका तर्फबाट अध्यक्ष बलराम उपाध्याय, निर्देशक रविरञ्जन कुमार र निर्देशक श्यामल झा लगायत उपस्थित थिए । कम्पनीको उपस्थिति हाल उत्तर अमेरिका, रसिया, मध्यपूर्वलगायत विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा विस्तार भइसकेको छ । 

सन् २०१९ मा स्थापित आरबीजी इन्टरनेशनल प्राइभेट लिमिटेड नेपालभर एडमिक्सर केमिकल, निर्माण उपकरण, आरएमसी एक्सेसरिज तथा वाटरप्रुफिङ समाधानमा सक्रिय रूपमा कार्यरत कम्पनी हो । आफ्नो प्राविधिक दक्षता र परियोजना केन्द्रित कार्यशैलीमार्फत यस कम्पनीले नेपाली बजारमा बलियो विश्वास आर्जन गरेको छ।

यस साझेदारीअन्तर्गत आरबीजी इन्टरनेशनलले टौरियन एमपीएसको क्रस प्लान्ट क्षेत्रमा प्रवेश गर्नेछ, जहाँ गुणस्तरीय उपकरणका साथसाथै बिक्रीपछिको सेवा, न्यून डाउनटाइम र दीर्घकालीन भरपर्दो सञ्चालन सुनिश्चित गरिनेछ।

यस साझेदारीले नेपालमा अत्याधुनिक क्रसिङ तथा स्क्रिनिङ समाधानहरूको पहुँच वृद्धि गर्ने तथा देशको पूर्वाधार विकास र औद्योगिक प्रगतिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।