वैज्ञानिक अनुसन्धान र न्याय प्रणाली व्यवस्थित बनाउन 'विधि विज्ञान प्रयोगशाला विधेयक' संसद्मा लैजाँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजेका लागि तय गरिएको यस बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा विशेष गरी 'राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१' प्रस्तुत गर्ने मुख्य कार्यसूची रहेको छ। यस विधेयकले मुलुकको वैज्ञानिक अनुसन्धान र न्याय प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। यसका साथै पर्यटन क्षेत्रको विकास र समयानुकूल सुधारका लागि 'पर्यटन विधेयक, २०८१' र नेपाली चलचित्र क्षेत्रको प्रवद्र्धन तथा नियमनका लागि 'चलचित्र विधेयक, २०८१' प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत तय गरिएको छ। यी विधेयकहरू संसद्मा पेस भएसँगै सम्बन्धित क्षेत्रका नीतिगत सुधारका लागि नयाँ बाटो खुल्ने देखिन्छ।