फेवाताल किनारको जग्गाबारे स्पष्ट पार्न गृहमन्त्री गुरुङलाई हर्क साम्पाङको सुझाव
सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री गुरुङको नाममा फेवाताल क्षेत्रमा २० रोपनी जग्गा रहेको चर्चा चलेपछि त्यसबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई पोखराको फेवाताल किनारको जग्गा प्रकरणबारे स्पष्ट पार्न माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री गुरुङको नाममा फेवाताल क्षेत्रमा २० रोपनी जग्गा रहेको चर्चा चलेपछि त्यसबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका हुन् । उनले यस विषयमा पत्रकार सम्मेलन गरी स्पष्ट जानकारी दिनुपर्ने बताएका छन् ।
साम्पाङले आफू प्रतिपक्ष दलको नेताका रूपमा प्रश्न उठाउनु जिम्मेवारी भएको उल्लेख गर्दै मुद्दालाई व्यक्तिगत नभई पदीय दायित्वसँग जोडिएको बताएका छन् । साथै उनले भदौ २४ को विध्वंसका दोषीलाई कारबाही गर्न र अन्य चर्चित मुद्दामा पनि निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका छन् ।
उनले समयमै स्पष्ट जवाफ नआए जनविश्वास कमजोर हुन सक्ने चेतावनी दिएका छन्।