जिली ईएक्स फाइभको मूल्य एकैपटक २ लाखले बढ्यो
कम्पनीले ईएक्स फाइभको दुवै भेरियन्टको मूल्य समान १ लाख ९९ हजार रुपैयाँ बढाएको छ । कम्पनीका अनुसार यसअघि ६८ लाख रुपैयाँमा बिक्री हुँदै आएको ईएक्स फाइभ म्याक्सको मूल्य बढेर ६९ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौं । नेपाली बजारमा जिली ईएक्स फाइभ इलेक्ट्रीक एसयूभीको मूल्य बढेको छ । नेपालका लागि ईएक्स फाइभको आधिकारिक बिक्रेता एआरआर मोटर्सले आजदेखि लागू हुने गरी मूल्य बढाएको हो । कम्पनीले ईएक्स फाइभको दुवै भेरियन्टको मूल्य समान १ लाख ९९ हजार रुपैयाँ बढाएको छ । कम्पनीका अनुसार यसअघि ६८ लाख रुपैयाँमा बिक्री हुँदै आएको ईएक्स फाइभ म्याक्सको मूल्य बढेर ६९ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, जिली ईएक्स फाइभ प्रोको मूल्य ५८ लाख रुपैयाँबाट बढाएर ५९ लाख ९९ लाख रुपैयाँ पुर्याइएको कम्पनीले जनाएको छ । मूल्य परिमार्जन भए पनि LRR Motors ले आफ्नो जारी नववर्ष बिक्री योजना यथावत् राखेको जनाएको छ । जिली EX5 खरिद गर्ने ग्राहकहरूले थाइल्याण्ड भ्रमण, स्मार्ट कफी मेसिन, एडाप्टेबल चार्जर, नगद छुट तथा सहज वित्तीय सुविधाजस्ता विभिन्न आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । जीली EX5 प्रति नेपाल भरका ग्राहकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीको भनाइ छ। मुद्रा विनिमय दरमा आएको उतारचढावजस्ता बाह्य कारणले मूल्य परिमार्जन आवश्यक भए पनि ग्राहकलाई उत्कृष्ट मूल्य प्रदान गर्ने प्रतिबद्धता कायम रहेको कम्पनीले जनाएको छ ।