पुराना गाडी अब ईभीमा रूपान्तरण गर्न पाइने

आइतबारको मन्त्रिपरिषद् बैठकले पुराना पेट्रोल र डिजेल सवारीलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्न बाटो खोल्ने निर्णय गरेको हो ।

काठमाण्डौ । इन्धनमा बढ्दो निर्भरता घटाउने र प्रदूषण नियन्त्रण गर्ने लक्ष्यसहित सरकारले सवारी क्षेत्रमै ठूलो नीतिगत परिवर्तन गर्ने तयारी थालेको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले पुराना पेट्रोल र डिजेल सवारीलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्न बाटो खोल्ने निर्णय गरेको हो । यसका लागि आवश्यक कानुनी अड्चन हटाउन र स्पष्ट मापदण्ड तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार हालसम्म रूपान्तरण प्रक्रिया अस्पष्ट हुँदा दर्ता, नवीकरण र प्राविधिक पक्षमा सवारीधनीहरूले विभिन्न झन्झट भोग्दै आएका थिए। अब ती समस्याहरू समाधान हुने अपेक्षा गरिएको छ ।

नयाँ व्यवस्थाले पुराना सवारीलाई सिधै कवाडीमा पठाउनुको सट्टा कम लागतमा विद्युतीय सवारीमा रूपान्तरण गर्ने विकल्प खुल्नेछ । यसअघि २०७८ चैतमा शेरबहादुर देउवा नेतृत्वको सरकारले नै पेट्रोल, डिजेलबाट चल्ने सवारीलाई विद्युतीयमा रुपमान्तरण गर्न सकिने भन्दै सूचना निकालेको थियो । २०८२ मंसिर ८ गते शुशिला कार्की नेतृत्वको सरकारले पनि पुरानो सवारी साधनलाई विद्युतीय (ईभी) सवारी साधनमा परिवर्तन गर्न सक्ने बाटो खुलाएको थियो । तर, अहिले सम्म कार्यान्वयमा आउन सकेको छैन । नयाँ सरकारले पनि इन्धन सवनरीलार्य विद्युतियमा लाने निर्णय गरे पनि प्रश्न चिन्ह खडा छ  ।