स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकमा जनक शर्मा पौड्याल नियुक्त
चैत १८ गते बसेको संचालक समितिको बैठकले शर्मालाई स्वतन्त्र संचालकको जिम्मेवारी दिएको हो ।
काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल नियुक्त भएका छन् । चैत १८ गते बसेको संचालक समितिको बैठकले शर्मालाई स्वतन्त्र संचालकको जिम्मेवारी दिएको हो ।
उनलाई चैत १९ गतेदेखि लागू हुनेगरी सञ्चालन चयन गरेको छ । यसअघि स्वतन्त्र संचालकमा सिद्धार्थ राज पाण्डे रहेका थिए । बैंकको चैत १८ मा बसेको ४८५औं सञ्चालक समिति बैठकले पौड्याललाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको हो ।
पौड्यालले बैंकको ‘बोर्ड रिस्क कमिटी’को अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नेछन् । पौड्याल बैंकका निवर्तमान स्वतन्त्र सञ्चालक सिद्धान्त राज पाण्डेको स्थानमा नियुक्त भएका हुन् । पौड्याल बैंकिङ क्षेत्रमा लामो अनुभव सँगालेका छन् ।