सुन तोलाको ६ हजार ७ सयले बढ्दा चाँदीमा १४५ रुपैयाँको वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ६ हजार ७ सयले बढेर २ लाख ९० हजार २ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ६ हजार ७ सयले बढेर २ लाख ९० हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले बढेर ४ हजार ८४५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४ हजार ७०० मा कारोबार भएको थियो ।