सरकारी निर्णयको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भङ्ग

सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइने निर्णय गरे अनुसार कर्मचारी युनियन भंग गरिएको हो ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा गठन गरिएको कर्मचारी युनियन भंग गरिएको छ । आइतबार युनियनले सूचना प्रकाशित गर्दै युनियन भंग गरिएको जनाएको हो । 

सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइने निर्णय गरे अनुसार कर्मचारी युनियन भंग गरिएको हो । 

युनियनका अध्यक्ष राजु ओलियाले आजदेखि नै लागू हुने गरी युनियन भंग भएको जानकारी दिएका छन् । 

सरकारले शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न दलीय विद्यार्थी संगठनका संरचना हटाउन लागेको हो । सरकारले शुक्रबार गरेको निर्णय अनुसार शासकीय सुधारका लागि तयार गरेको १०० वटा कार्यसूचीअनुसार दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र स्टुडेन्ट काउन्सिल/भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने भएको छ ।