पूर्वमन्त्री दीपक खड्का पक्राउ
नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धानका सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।
यसअघि पनि स्काउटको जग्गा हडपेको भन्दै खड्का सञ्चालक रहेको कम्पनीविरुद्ध उजुरी परेको थियो। प्रहरीले यसबारे आधिकारिक पुष्टि गर्न र थप कानुनी प्रक्रिया अगाडि बढाउन बाँकी नै छ।