बबरमहल क्षेत्रकाे अवस्था तनावग्रस्त, प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो लाठीचार्ज

प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौं जिल्ला अदालत अगाडि झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ । दर्शनकारीले सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गरेका छन् ।

काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीचकाे झडपले बबरमहल क्षेत्रकाे अवस्था तनावग्रस्त बनेकाे छ । 

प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौं जिल्ला अदालत अगाडि झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

दर्शनकारीले सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गरेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा उग्र भएर एमाले कार्यकर्ताहरूले निजी सवारीसाधनमाथि ताेडफाेड गरेका हुन् । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरिरहेका छन् ।