महादेव खोला किनारमा अतिक्रमित संरचनामा चल्यो डोजर
यसै क्रममा प्राधिकरणले बिहीबार काठमाडौं महानगरपालिका–१६ र तारकेश्वर–११ को सीमा क्षेत्रमा अवस्थित महादेव खोला किनारमा बनाइएको अनाधीकृत संरचनामा डोजर चलाएको हो ।
काठमाडौँ । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंका अतिक्रमित जग्गामा बनाइएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएको छ । उपत्यकाका खोला छेउमा सार्वजनिक जग्गा अतिक्रमणका साथै मापदण्ड बिपरित बनाइएका संरचना बनाउने कार्यलाई प्राधिकरणले तीव्रता दिएको हो । यसै क्रममा प्राधिकरणले बिहीबार काठमाडौं महानगरपालिका–१६ र तारकेश्वर–११ को सीमा क्षेत्रमा अवस्थित महादेव खोला किनारमा बनाइएको अनाधीकृत संरचनामा डोजर चलाएको हो । अतिक्रमित जग्गामा बनाइएका संरचना हटाउन पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले डोजर लगाउनुपरेको प्राधिकरणले जनाएको छ । सोहि स्थानमा बसोवास गर्नेहरूले भने विना सूचना डोजर चलाएको भन्दै असन्तुष्टि जनाएका थिए ।