सर्वसाधारणका लागि चैत २२ गतेदेखि आइपीओ निष्कासन गर्दै कालिन्चोक हाइड्रोपावर

कम्पनीले ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गर्न लागेको हो । आइपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन दिने अन्तिम मिति चैत २५ गते रहेको छ ।

काठमाण्डौ । कालिन्चोक हाइड्रोपावरले चैत २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै अब दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले अब बाँकी आईपीओमध्ये ४१ हजार २५० कित्ता सामुहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गर्न लागेको हो ।  

आइपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन दिने अन्तिम मिति चैत २५ गते रहेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।