राखेपले गर्यो एन्फालाई निलम्बन
बुधबार बसेको राखेपको मन्त्रीस्तरिय बैठकले एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको छ। राखेपले दिएको २४ घण्टे स्पष्टिकरण चित्त नबुझेपछि एन्फालाई निलम्बन गरेको राखेपले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई निलम्बन गरेको छ । बुधबार बसेको राखेपको मन्त्रीस्तरिय बैठकले एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको छ। राखेपले दिएको २४ घण्टे स्पष्टिकरण चित्त नबुझेपछि एन्फालाई निलम्बन गरेको राखेपले जनाएको छ । बुधबार बसेको राखेपको मन्त्रीस्तरिय बैठकले एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको छ। राखेपले दिएको २४ घण्टे स्पष्टिकरण चित्त नबुझेपछि एन्फालाई निलम्बन गरेको राखेपले जनाएको छ । १३ चैत झापामा हुने चुनावी साधारणसभा गर्न राखेपले पटक पटक पत्राचार गर्दै आएको थियो । राखेपले ११ बुँदा संशोधन गरेर मात्रै निर्वाचन गर्न निर्देशन दिएपनि पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाले चुनाव नरोक्ने दाबी गर्दै आएको थियो । उनीहरुले निर्वाचन रोके फिफा र एएफसीले एन्फालाई निलम्बन गर्ने दाबी गर्दै आएका छन् ।
यसपछि राखेपले एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको छ । अब, एन्फाले झापामा निर्वाचन नरोक्ने जनाइसकेको छ ।