हतार र हताशमा राजीनामा दिएको होइन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले कुनै हतारो र हतास भएर राजीनामा नदिएको बताएका छन् । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै आफूले विधान अनुसार नै उपसभापतिलाई राजीनामा दिएको भएपनि अस्वीकृत भइसकेको बताए ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले कुनै हतारो र हतास भएर राजीनामा नदिएको बताएका छन् । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै आफूले विधान अनुसार नै उपसभापतिलाई राजीनामा दिएको भएपनि अस्वीकृत भइसकेको बताए । उनले आफुले हतारमा राजीनामा नदिएको बताउदै भने- 'मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन । हतास भएर राजीनामा दिएको पनि होइन । विशेष महाधिवेशन नगरी निर्वाचनमा गएका थियौं भने त्यो निर्वाचनमा हामीले कसरी सामना गर्नुपर्थ्यो भन्ने कुरा निर्वाचित भएका र हामी निर्वाचित नभएकाले पनि बुझेका छौं ।'

त्यस्तै  थापाले अब पार्टीका सबै विषय महाधिवेशनको हलनै तय गर्ने बताएका हुन् । उनले चुनावपछि काँग्रेसको नयाँ जिम्मेवारी आएको बताउदै आफुहरुले मतदाताले दिएको जिम्मेवारी अनुसार काम गर्ने बताएका छन् । उनले सरकारमा नभएपनि चुनावका बेला जनतासँग गरेका प्रतिज्ञाहरुमा काम गर्ने बताएका छन् ।