वरिष्ठ अर्थशास्त्री केशव आचार्यको ७२ वर्षको उमेरमा निधन
अर्थशास्त्री केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा उनको आज बिहान ९ः ५५ बजे निधन भएको हो ।
काठमाडौं । अर्थशास्त्री केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा उनको आज बिहान ९ः ५५ बजे निधन भएको हो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका आचार्यले पछिल्लो समय मुलकको वित्तीय तथा समष्टिगत आर्थिक सुशासनका लागि बहस गर्दै आएका थिए । राष्ट्र बैंकमा तीन दशक काम गरेका आचार्यले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा समेत काम गरेका थिए । आचार्य दुई पटक अर्थमन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार समेत भएका थिए ।
उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।