हिमालयन रिइन्स्योरेन्सको अध्यक्षबाट शेखर गोल्छाले दिए राजीनामा
गोल्छाले गत फागुन २५ गते राजीनामा दिएका हुन् । कम्पनी सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले गोल्छाको राजीनामा स्वीकृत गरेको छ ।
काठमाडौं । हिमालयन रिइन्योरेन्सको अध्यक्षबाट शेखर गोल्छाले राजीनामा दिएका छन् । गोल्छाले गत फागुन २५ गते राजीनामा दिएका हुन् । कम्पनी सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले गोल्छाको राजीनामा स्वीकृत गरेको छ । गोल्छा कम्पनीका संस्थापक अध्यक्ष हुन् । उनको राजीनामाको कारण भने खुलेको छैन ।