पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोड्न मिल्दैन : अर्जुननरसिंह केसी
पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने उनको टिप्पणी थियो । उनले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताएका छन् ।
शुक्रवार पार्टी केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको बताए । पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने उनको टिप्पणी थियो । उनले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।
उनले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्तालाई आग्रह गरे। उनले लोकतन्त्रलाई संरक्षण गर्ने काममा काँग्रेसले सहयोग गर्ने बताए। उनले पार्टीका विगतका विकृति र विसंगति रातारात समाधान नहुने तर्क गर्दै केसीले ५० दिनको छोटो अवधिमा जादुमयी परिवर्तन खोज्नु व्यावहारिक नहुने भन्दै पार्टीलाई थापाको आवश्यकता रहेको बताए।