सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घट्यो, झर्‍यो ३ लाखमुनि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ७८ सयले घटेर तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आजपनि सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ७८ सयले घटेर तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख २ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४  हजार ८९५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५  हजार १० मा कारोबार भएको थियो ।